वीरगञ्ज पटेलनगरस्थित सुपर ग्यास उद्योगमा भीषण आगलागी, दुई जनाको मृत्यु, आगो नियन्त्रणको प्रयास जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

वीरगञ्ज, ५ पुष । वीरगञ्ज महानगरपालिका पटेलनगरस्थित सुपर ग्यास उद्योगमा भीषण आगलागी हुँदा दुई जना कामदारको जलेर मृत्यु भएको छ ।

 

ग्यास उद्योगमा बिहान सवा ६ बजेबाट आगलागी सुरु भएको थियो । आगलागीमा परी २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्योगभित्र कति मानिस थिए भन्ने अहिलेसम्म खुल्न सकेको छैन । आगो नियन्त्रणका लागि गएको वीरगञ्ज महानगरपालिकाको एउटा दमकलसमेत जलेको छ । दमकल जल्दा फायर म्यान सविन नेपाल घाइते भएका छन् । नेपालको गण्डक अस्पतालमा उपचार भैरहेको छ । दमकलमा रहेका प्रहरी हवलदार मधुसुदन मिश्र र फायरम्यान यादवप्रसाद अधिकारी भने सम्पर्कविहीन छन् । आगलागी नियन्त्रण बाहिर छ । ग्यास सिलिण्डर पड्किरहेकाले अग्नी नियन्त्रणहरुसमेत नजिक जान सकेका छैनन् । उनीहरू आगो लागेको स्थानभन्दा दुई सय मिटर परै छन् । ग्यास सिलिण्डर पड्किँदा २ वटा शव उछिट्टिएर बाहिर आएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरीको टोली पुगे पनि आगो नियन्त्रणमा लिन सकिएको छैन ।

 

आगालागी फैलने जोखिम बढेपछि ग्यास उद्योगनजिक रहेको इटिहाई बस्ती खाली गराइँदै छ । यो बस्ती आगलागी भएको उद्योगभन्दा करिब ५ सय मिटरको दूरीमा छ । उनीहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ । ग्यास उद्योगनजिक अन्य उद्योगहरु पनि छन् । ती उद्योगहरुमा पनि आगलागी फैलने खतरा बढेपछि सतर्कता अपनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);