वीरगञ्ज आगालागी: आगोको जोखिम बढेपछि ग्यास उद्योग नजिक रहेको इटिहाई बस्ती खाली गराइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

वीरगञ्ज, ५ पुष । वीरगञ्जको सुपर ग्यास उद्योगमा लागेको आगो नियन्त्रणमा नआएपछि नजिकको बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

ग्यास उद्योग नजिक रहेको मसिहानी बस्ती खाली गराइएको हो । यो बस्ती आगलागी भएको उद्योगभन्दा करिब ५ सय मिटरको दूरीमा छ । आगो फैलिँदै गएपछि वरपरका बासिन्दा त्रसित भएका छन् ।

ग्यास उद्योग नजिक अन्य उद्योगहरु पनि भएकाले ती उद्योगहरुमा पनि आगलागी फैलने खतरा बढेपछि सतर्कता अपनाइएको हो ।

बिहान सवा ६ बजेतिर उद्योगमा आगो लागे पनि नियन्त्रण हुन सकेको छैन । आगो निभाउन गएको दमकल नै जलेको, फायर म्यान घाइते भएको, आगो निभाउने गएकामध्ये दुई जना सम्पर्क विहीन भएको र ग्यास सिलिण्डर पड्किरहेकाले नियन्त्रणमा लिन सकिएको छैन ।

ग्यास सिलिण्डर पड्किँदा २ वटा शव उछिट्टिएर बाहिर आएको प्रत्यक्षदर्शीले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);