श्रीनगर र वनेदेवी डाँडाको आगलागी नियन्त्रण नहुँदा निदाएनन् प्रहरी र स्थानीयबासी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०७९, मंगलबार

श्रीनगर र वनेदेवी डाँडाको आगलागी नियन्त्रण नहुँदा निदाएनन् प्रहरी र स्थानीयबासी

पाल्पा, १२ चैत । पाल्पाको श्रीनगर मा हिजोदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । हिजो दिउँसो पूर्वतर्फको भुषलडाडाँ नजिकैबाट सल्किएको आगो अहिले लायन्स आखा अस्पताल तर्फ पुगेको प्रहरीले जनाएको छ।

बस्ती नजिकै आगो सल्किएको र निभाउन समेत नसकिने भएकाले स्थानीय त्रसित भएका छन् । प्रहरीको टोली भने रातभर निगरानीमै रहेको प्रहरीले जनाएको छ । बस्ती नजिकमा आगो सल्किने त्रासका कारण श्रीनगर छेउका स्थानीय रातभर जागराम बस्नु परेको स्थानीयहरूले बताए ।

यस्तै तानसेनकै अप्पुभिलेज नजिककै बनदेवी जंगल क्षेत्रमा समेत रातीदेखि आगलागी भएको छ । तानसेन रिडी सडकखण्डको छेउमा पर्ने उक्त जंगलमा ठूलो मात्रामा आगो सल्किएर बस्ती नजिक पुगेको हुँदा स्थानीय त्रसित भएका छन् ।

Leave a Reply