थाइल्यान्डको नाइटक्लबमा आगलागी, १४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

थाइल्यान्डको नाइटक्लबमा आगलागी, १४ जनाको मृत्यु

बैंकक। दक्षिणपूर्व थाइल्यान्डको चोनबुरी प्रान्तस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । आगलागीमा ४० जना घाइते भएका छन् ।
स्थानीय समयअनुसार शुक्रबार एक बजे सताहिप जिल्लास्थित माउन्टेन बी नाइटस्पोटमा उक्त आगलागी भएको थियो । आगलागीपछि मानिसहरुको भागदौड मच्चिएको थियो ।

आगलागीको कारण खुलेको छैन् । एक तले उक्त भवनको पर्खालबाट आगो सल्किएको हुन सक्ने अग्नि नियन्त्रकहरुले अनुमान गरेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);