इराकको एक अस्पतालको कोडिभ वार्डमा आगलागी, ४० जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

इराकको एक अस्पतालको कोडिभ वार्डमा आगलागी, ४० जनाको मृत्यु

एजेन्सी । इराकको एक अस्पतालको कोरोना भाइरसका संक्रमित उपचार हुने वार्डमा आगलागी हुँदा ४० जनाको मृत्यु गएको छ ।

दक्षिणी शहर नासिरियामा रहेको अल–हुशैन अस्पतालको कोडिभ वार्डमा आगलागी भएको हो । सोमबार बिहानदेखि लागेको आगो राति अबेर मात्रै नियन्त्रणमा आएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रारम्भीक अनुसन्धानले अक्सिजन ट्यांक बिस्फोट भएर आगलागी भएको अनुमान गरेको छ । उद्धारकर्मीहरुले उद्धार तथा खोजीको काम जारी राखेका छन् । कोभिड वार्डमा अझै पनि केही मानिसहरु फसेको हुन सक्ने आशंका छ ।

आगलागी भएको वार्डमा ६० जनाको क्षमता रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);