गागाको कुकुर डकैत गर्नेलाई चार वर्ष जेल सजाय | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

गागाको कुकुर डकैत गर्नेलाई चार वर्ष जेल सजाय

काठमाडौं। हलिउड गायिका तथा अभिनेत्री लेडी गागाको कुकुर रेयान फिसरलाई गोली हानेको र डकैती गरेको आरोपमा एक व्यक्तिलाई चार वर्षको जेल सजाय सुनाइएको छ । आरोपी जेलिन ह्वाइटविरुद्ध हत्याका प्रयास र डकैतीको योजना बनाएको आरोप थियो । जेलिनले आरोपलाई स्वीकार्दै घटनाको समय समूहका एक सदस्य हतियारसहित रहेको बताएका छन् ।

आरोपीलाई २४ फेब्रुअरी २०२१ मा भएको फाइरिङ र कुकुर अपहरणको एक ड्रामेटिक सर्विलान्स भिडियोको आधारमा पक्राउ गरिएको थियो । भिडियोमा दुई व्यक्तिले रेयानलाई हमला गरेको देखिएको थियो । जसमा एकले कुकुरलाई पक्रेका थिए भने अर्काले बन्दुक तेस्र्याएका थिए । त्यसपछि बन्दुकको आवाज आउँछ र उनीहरु पछाडि भाग्छन् ।

त्यसपछि उनीहरु दुई कुकुरलाई लिएर फरार हुन्छन् । तर, अर्को कुकुरलाई भने प्रहरीले बचाएका छन् ।

लेडीले कुकुर भेटाउनेलाई पैसा दिने घोषणा गरेकी थिइन् । उनले झण्डै पाँच लाख अमेरिकी डलर इनाम दिने बताएकी थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);