कृषि समितिले अपर तामाकोशी हाइड्रोपावरको स्थलगत भ्रमण गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

कृषि समितिले अपर तामाकोशी हाइड्रोपावरको स्थलगत भ्रमण गर्ने

काठमाडौं, १२ चैत । प्रतिनिधि सभा अन्र्तगतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले निर्माणाधीन अपर तामाकोशी हाइड्रोपावर आयोजनाको स्थलगत अध्ययन भ्रमण गर्ने भएको छ । बिहीबार बसेको समितिको बैठकले निर्माणाधीन अपर तामाकोशी हाइड्रोपावर आयोजनाको स्थलगत अध्ययन भ्रमण गर्नका लागि समिति सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा ११ सदस्यीय टोली गठन गरेको हो ।

सदस्यहरुमा घनश्याम खतिवडा, दल बहादुर राना, देवप्रसाद तिमल्सिना, पोल्देन छोपाङ गुरुङ, भुपेन्द्रबहादुर थापा, भूमिप्रसाद त्रिपाठी, राजबहादुर बुढाक्षेत्री, शान्ता चौधरी, शान्तिमाया तामाङ पाख्रिन, सत्यनारायण शर्मा खनाल रहनुभएको सभापति सुवेदीले बताउनुभयो ।

अध्ययन भ्रमणमा आउनका लागि उक्त आयोजनाले बारम्बार बोलाइरहेकोले अहिले अनुकुल समय मिलाएर अध्ययन भ्रमणमा जान लागिएको सभापति सुवेदीले बताउनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);