संसदीय समितिले सिक्टा सिंचाई आयोजनाको स्थलगत अनुगमन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

संसदीय समितिले सिक्टा सिंचाई आयोजनाको स्थलगत अनुगमन गर्ने

काठमाडौं, ६ मंसिर । संसदीय समितिले बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना सिक्टा सिंचाई आयोजनाको स्थलगत अनुगमन गर्ने भएको छ ।

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले सो आयोजनाको स्थलगत अवलोकनका लागि अनुगमन समिति गठन गरेको हो ।

समितिका सदस्यहरु पछि चयन गर्ने गरी सिक्टा सिंचाई आयोजनाको स्थलगत अनुगमनका लागि समिति गठन गरिएको समितिकी सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिइन् ।

सिक्टा सिंचाई आयोजनाको मूल नहरमा देखिएको समस्या समाधानका सम्बन्धमा आवश्यक छानवीन गर्न समितिले अनुगमन समिति बनाएको हो । ठेक्का सम्झौंता अनुसार काम नभएपछि मूल नहरमा समस्या देखिएको समितिको प्रारम्भिक निष्कर्ष छ ।

राष्ट्रिय गौरवको यो आयोजना निर्माण नहुँदै भत्कन थालेपछि समस्या देखिएको हो । समितिको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको कामलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा पनि छलफल गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);