राष्ट्रिय गौरवको आयोजनामा प्रधानमन्त्री कार्यालयको अनुगमन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राष्ट्रिय गौरवको आयोजनामा प्रधानमन्त्री कार्यालयको अनुगमन

pradhanmantri tatha mantri karyalay

काठमाडौं, २२ मंसिर । पछिल्लो समय राष्ट्रिय गौरवका आयोजनाको काम सोचेअनुरुप अघि नबढेपछि प्रधानमन्त्री कार्यालयले यसमा ध्यान केन्द्रित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाबारे गम्भीर चासो देखाएपछि राष्ट्रिय गौरवका आयोजनाको कामलाई तीव्र रुपमा अघि बढाउन देशव्यापी अनुगमन समेत सुरु गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रिय गौरवका आयोजनाका प्रमुखसँग छलफल गरी हालसम्मको प्रगतिबारे जानकारी लिएको थियो । सो प्रतिवेदन अनुसार काम भएको वा नभएको र काम गर्न भएका अप्ठ्यारा बारे जानकारी लिन प्रधानमन्त्री ओलीले चासो देखाउनुभएको हो । योसँगै यी आयोजनाबारे अनुगमनका लागि स्थलगत अध्ययन भैरहेको छ । यसका लागि प्रधानमन्त्रीका विकास विज्ञ ई. गजेन्द्र थपलिया नेतृत्वको टोलीले आयोजनाको प्रगती विवरण र काममा आइपरेका समस्याबारे स्थलगत अध्ययन गरिरहेको छ ।

नीतिगत रुपमा राष्ट्रिय गौरवका आयोजनाहरु प्राथमिकतामा परेपनि केन्द्रबाट प्रभावकारी अनुगमनको अभावको कार्यप्रगती अपेक्षाकृत हुन सकेको छैन । त्यस्तै कतिपय आयोजनामा अनियमितता भएको गुनासो समेत आइरहेको छ । यी आयोजनाको अनुगमनको क्रममा कार्यप्रगती र काममा भएका अप्ठ्याराबारे प्रधानमन्त्री ओलीलाई बिफ्रिङ हुने र ती समस्या समाधानका लागि आवश्यक सहजीकरणका लागि आवश्यक कानुन समेत निर्माण गरिने बताइएको छ ।

राष्ट्रिय गौरवका आयोजनाहरुमा विभिन्न कानुनी झमेलाले काम प्रभावित हुँदै आएको छ । अहिले राष्ट्रिय गौरवका २४ आयोजनाको काम अघि बढिरहेको छ । सिक्टा सिंचाई आयोजना, बबई सिंचाई आयोजना, रानीजमरा कुलरीय सिंचाई आयोजना, भेरी बबई डाइभर्सन आयोजना, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, बुढीगण्डकी जलविद्युत आयोजना, पश्चिम सेती जलविद्युत आयोजना, भैरहवा क्षेत्रीय/अन्तराष्ट्रिय आयोजना, पोखरा क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थल, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी क्षेत्र विकास कोष, मध्य पहाडी/पुष्पलाल लोकमार्ग, पूर्व पश्चिम रेलमार्ग, उत्तर दक्षिण÷कोशी लोकमार्ग, उत्तर दक्षिण/कालीगण्डकी करिडोर, उत्तर दक्षिण/कर्णाली लोकमार्ग, काठमाडौं–तराईमधेश द्रुतमार्ग, मेलम्ची खानेपानी आयोजना, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, गल्छी–रातमाटे प्रसारण लाइन, दमौली–भरतपुर–बुटवल प्रसारण लाइन, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी क्षेत्र विकास कोषका कामहरु धमाधम भैरहेका छन् ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम भने सुरु भैसकेको भने छैन । यी आयोजनाहरुमा कोरोना महामारीका कारण काम अपेक्षाकृत अगाडि नबढेको र निर्माण व्यवसायीको म्याद थप गर्नुपर्ने अवस्था लगायतका कारणले अप्ठ्यारो अवस्थामा परिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);