मानव अधिकार आयोगको प्रतिवेदन राष्ट्रपति भण्डारी सामु पेश | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

मानव अधिकार आयोगको प्रतिवेदन राष्ट्रपति भण्डारी सामु पेश

काठमाडौं, २२ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले आव २९७६÷७७ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसामु पेश गरेको छ । प्रतिवेदन अनुसार नेपालमा मानव अधिकारको अवस्थामा अपेक्षाकृत सुधार हुन सकेको छैन ।

सोमबार राष्ट्रिय मानव अधिकार आयोगका सचिव वेद भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारी सामु वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । संविधानको धारा २९४ (१) मा संवैधानिक निकायले आफूले गरेको काम कारवाहीको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने व्यवस्था रहेको छ ।

प्रतिवेदन अनुसार यो वर्ष मानव अधिकार उल्लंघनका १३२ उजुरीहरू दर्ता भएको, नयाँ दर्ता भएका र पुराना गरी ७९५ उजुरीमाथि अनुसन्धान सम्पन्न भएको उल्लेख छ । प्रतिवेदनमा समाजमा जातीय भेदभावको विद्यमान स्थिति, जीवनको अधिकारमा चुनौती लगायतका विषयका कारण नागरिकले संविधानप्रदत्त हक प्रचलनमा सहज रुपमा गर्न नसकेको उल्लेख छ ।

आयोगको प्रतिवेदनले आँैल्याएका विषयको कार्यान्वयन तथा नागरिकको मानव अधिकार संरक्षण र सम्वद्र्धनमा संवेदनशील हुन आयोगले नेपाल सरकार तथा सम्बद्ध सबै पक्षलाई आग्रह समेत गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);