प्रधानमन्त्रीद्वारा सरकारका काम र उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

प्रधानमन्त्रीद्वारा सरकारका काम र उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत

काठमाडौं, २३ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रस्तुत गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री ओलीले बिहीबार संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा तथा सुशासन (व्यवस्थापन तथा संचालन) ऐन २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७६–०७७ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गर्नुभएको हो ।

साथै राष्ट्रिय सुरक्षा परिषदका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषदको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदन समेत राष्ट्रपतिसमक्ष पेश गर्नुभएको छ ।

सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।


Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);