मन्त्रिपरिषद्को स्वीकृतिमा आज सगरमाथाको उचाई सार्वजनिक हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मन्त्रिपरिषद्को स्वीकृतिमा आज सगरमाथाको उचाई सार्वजनिक हुँदै

काठमाडौं, २३ मंसिर । नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गर्दैछ । नापी विभागका अनुसार नेपालले आफ्नै जनशक्ति र प्रविधिको प्रयोग गरी चीनसँगको संयुक्त टोलीमा सगरमाथाको उचाई मापन गरेको हो ।

सर्वेक्षणबाट प्राप्त प्रतिवेदन आज दुवै देशका सहमतिमा एकैपटक सार्वजनिक हुने विभागले जनाएको छ । यसअघि एकैपटक सार्वजनिक गर्नका लागि नेपाल सरकारले गरेको प्रस्ताव चीन सरकारले स्वीकार गरेको छ ।

आज दिउँसो १ बजेर ४५ मिनेटमा नापी विभागमा नेपालतर्फबाट उचाई सार्वजनिक हुनेछ । यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको नापी विभागले जनाएको छ । करिब २ वर्षअघि विभागले सगरमाथाको मापन गर्न सुरु गरेको हो ।

यसका लागि सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो । चीनका राष्ट्रपति सी चिनफिङ गत वर्ष नेपाल भ्रमणमा आएको बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);