राष्ट्रिय गौरवका आयोजनामा समितीको चासो | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

राष्ट्रिय गौरवका आयोजनामा समितीको चासो

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितीले बिभिन्न २२ आयोजनाको अध्ययन गर्ने

आयोजनामा कोरोनाको असर र त्यसको न्युनिकरणका उपाय खोज्ने समितीको उद्देश्य

काठमाडाैं ,१९ मंसिर । कोरोना संक्रमणका कारण प्रभावित बन्न पुगेका राष्ट्रिय गौरवका आयोजनाहमरुको अध्ययनका लागि संसदीय समिती गठन गरिएको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितीले बिभिन्न २२ वटा आयोजनाको निर्माणमा कोरोना भाइरसले पारेको प्रभाव अध्ययन गर्नका लागि संसदीय उपसमिति गठन गरेको हो ।

राष्ट्रिय गौरवका चालु २२ वटा आयोजनामा परेको प्रभाव र त्यसको न्युनिकरणका उपाय पत्ता लगाउन समितीमा आबध्द १४ सदस्यहरुलाई तिन समुहमा विभाजित गरि दुई वटा समुहलाई सात/सात र एउटालाई आठ वटा आयोजनाको अध्ययन गर्ने जिम्मा दिईएको राष्ट्रिय सरोकार तथा समन्वय समितीका सभापती दिलकुमारी रावलले जानकारी दिनु भएको छ ।

समितीले गठन गरेका प्रत्येक उपसमितीमा चार÷चार जना सदस्यहरु रहेका छन् । उपसमितीले राष्ट्रिय गौरवका आयोजनाका रुपमा हाल निर्माणधीन अवस्थामा रहेका विभिन्न सिंचाइ आयोजना, विभिन्न जलविद्युत् आयोजना, विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलहरू, रेल्वे तथा मेट्रो विकास आयोजना, सडक आयोजना, मेलम्ची खानेपानी, राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा परेको कोरोनाको प्रभाव र यसबाट आयोजनाले भागी रहेका समस्याका समबन्धमा अध्ययन गरि समिती समक्ष प्रतिवेदन पेश गर्ने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);