ग्यास उद्योग आगलागीबारे छानवीन गर्न समिति गठन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ग्यास उद्योग आगलागीबारे छानवीन गर्न समिति गठन

काठमाडौं, ५ पुस । एसपी ग्याँस उद्योग संघले वीरगंजस्थित सुपर ग्यास उद्योगमा भएको आगलागीको छानवीन गर्न संघका निर्वतमान अध्यक्ष शिवकुमार घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । समितिमा कुशप्रसाद मल्ली, विजयहरि शर्मा, मनोजकुमार दास तथा राजकुमार सिन्धी सदस्य रहेका छन् ।

ग्यास उद्योगमा आगलागी भएपछि बुधबार काठमाडौंमा बसेको संघको आकस्मिक बैठकले घटनाबारे सत्यतथ्य छानवीन गर्न ५ सदस्यीय छानविन समिति गठन गरेको हो ।

समितिलाई ५ दिन भित्र घटनाबारे सत्यतथ्य विवरण सहितको प्रतिवेदन बुझाउने कार्यादेश दिइएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।

आगो नियन्त्रणमा

संघले बुधबार मध्यान्हसम्म ग्यास उद्योगमा लागेको आगो नियन्त्रणमा आएको जनाएको छ । ग्याँसको बुलेट अनलोड गर्ने क्रममा आगलागी भएको हुन सक्ने संघको प्रारम्भिक अनुमान छ ।

नेपालको ४८ वर्ष लामो ग्यास उद्योग सञ्चालनको इतिहासमा उद्योगभित्र यसरी पहिलोपटक आगलागी भएको ग्यास व्यवसायी बताउँछन् । आगलागीमा परी दुईको मृत्यु भएको छ भने ६ घाइते भएका छन् । दुईजना घाइतेको काठमाडौंमा उपचार हुँदै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);