ग्यास उद्योगीको आन्दोलन स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

ग्यास उद्योगीको आन्दोलन स्थगित

gas uddhogi

काठमाडौं, २३ फागुन । सरकारसँग तीन बुँदे सहमति गरेपछि ग्यास उद्योगीले विरोधका कार्यक्रम स्थगित गरेका छन् ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा सचिव केदारबहादुर अधिकारी, निगम कार्यकारी निर्देशक एवम् उद्योगीबीचमा भएको वार्तामा तीन बुँदै सहमति भएपछि उद्योगीले विरोधका कार्यक्रम स्थगित गरेका हुन् ।

निगम सञ्चालक समितिले यही फागुन १७ गते गठन गरेको समितिले उद्योगी व्यवसायीका मागका विषयमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन १५ दिनभित्र पेश गर्ने, एलपी ग्यासलगायतका पेट्रोलियम पदार्थको व्यवस्थापन तथा सुधार गर्न उच्चस्तरीय समिति गठन गर्ने, एलपी ग्यासको पिडीयो खरिद र बिक्री वितरण सुधार गर्ने सहमति भएको हो । एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले तीन बुँदे सहमति गरेसँगै विरोधका कार्यक्रम स्थगित गरिएको बताए ।

यसअघि नेपाल एलपी ग्यास उद्योग संघले १० बुँदे माग राखेर आन्दोलन घोषणा गरेको थियो । संघले गत शुक्रबारदेखि ग्यासको प्रडक्ट डेलिभरी अर्डर ९पिडीओ० खरिद गर्न छाडेको थियो । बुधबारदेखि भारतबाटै ग्यास उठाउन बन्द गर्ने, २५ गतेदेखि सबै भन्सार नाकाबाट ग्यास बुलेट नछुटाउने, फागुन २८ गतेदेखि सबै ग्यास उद्योग बन्द गर्ने र फागुन ३० गतेदेखि ग्यास बिक्रेताबाट ग्यास बिक्री नगर्ने कार्यक्रम घोषणा गरेको थियो । यो समाचार कारोबार दैनिकमा छापेको छ ।

अघिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);