सरकारद्वारा वीरगञ्जस्थित सुपर ग्यास उद्योगमा भएको आगलागीबारे छानविन गर्न समिति गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सरकारद्वारा वीरगञ्जस्थित सुपर ग्यास उद्योगमा भएको आगलागीबारे छानविन गर्न समिति गठन

समितिलाई दोषीमाथि कारवाही र सुरक्षाका उपाय सिफारिस गर्ने जिम्मेवारी 

काठमाडौं, ८ पुष । सरकारले वीरगञ्ज महानगरपालिका सुखचैनास्थित सुपर ग्यास उद्योगमा भएको भीषण आगलागीबारे छानबिन गर्न छ सदस्यीय समिति गठन गरेको छ ।

 

आपूर्ति मन्त्रालयले आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालको संयोजकत्वमा ६ सदस्यीय छानविन समिति गठन गरेको हो । समितिलाई घटनास्थलको स्थलगत अध्ययन र स्थानीय प्रशासन तथा स्थानीय बासिन्दासँग छलफल गरी आगलागीको कारण पत्ता लगाउन १५ दिनको समय दिइएको छ ।

 

समितिलाई दोषीमाथि कारबाहीको सिफारिस गर्ने र भविष्यमा आगलागीका घटना हुन नदिन अपनाउनुपर्ने सुरक्षाका उपाय बारे सुझाव दिन भनिएको छ । उद्योगमा बुधबार भीषण आगलागी हुँदा आगो नियन्त्रणमा प्रयोग भएको दमकल जली दुईजनाको घटनास्थल र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो । नेपाल ग्यास उद्योग संघले आगलागी भएकै दिन पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);