नेपाल र बंगलादेशबीच व्यापारिक सम्बन्ध मजबुद रहेको सरोकारवालाहरुको भनाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

काठमाडौं, ८ पुष । नेपाल र बंगलादेशबीच व्यापारिक सम्बन्ध मजबुद रहेको सरोकारवालाहरुले बताएका छन् ।

 

राजधानीमा शनिबार आयोजित नेपाल र बंगलादेश बिच व्यापारिक सम्बन्ध बिषय कार्यक्रममा सहभागीहरुले बंगलादेश निर्यात हुने नेपाली सामाग्रीको मात्रा बढाउन सके आर्थिक उन्नति हुने बताएका छन् । उनीहरुले नेपाली उत्पादनहरु चिया, कफी, गलैचा, जडीबुटी लगायत अन्य खाद्यान्नको माग बंगलादेशमा धेरै भएपनि त्यसलाई नेपालले निर्यात गर्न नसकेको गुनासो गरेका थिए । बंगलादेशको विद्युतको मागलाई पुरा गर्न सके पनि नेपालको आर्थिक क्षेत्रमा टेवा पुग्ने नेपाल विश्व सम्बन्ध परिषद्का अध्यक्ष हेमन्त खेरेलले बताए ।

 

राजनीतिक दलहरुले उचित नीति नियम बनाएर छिमेकी राष्ट्रहरुसँग सम्बन्ध विस्तार गरेमा नेपालको विकासले फड्को मार्नेमा जोड दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);