उपराष्ट्रपतिले भारतीय राजदूतसँग भने– नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्छ  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

उपराष्ट्रपतिले भारतीय राजदूतसँग भने– नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्छ 

काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।

बिहिबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको छ। भेटमा उपराष्ट्रपतिले नेपाल र भारतको सम्बन्ध विशिष्ट प्रकारको रहेको बताएका थिए । उनले दुई देशबीच धार्मिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको उल्लेख गर्दै सम्बन्धलाई दिगो बनाउनुपर्नेमा जोड दिएका थिए । उपराष्ट्रपतिले नेपाल भारत र चीनको बीचमा रहेको बताउँदै उनले नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्ने बताएका थिए । त्रीपक्षीय सहकार्यमा नेपालले सकारात्मक भूमिका खेल्न सक्ने उनले जनाए । भेटमा उपराष्ट्रपतिले भारतसँग नेपालको व्यापार घाटा उच्च रहेको बताउँदै व्यापार सन्तुलनका लागि भारतको भूमिका महत्वपूर्ण हुने जनाएका थिए।

उपराष्ट्रपतिसँगको भेटमा भारतीय राजदूत श्रीवास्तवले नेपाल भारतको असल छिमिकी मित्र भएको बताएका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);