सभामुख सापकोटा र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेट | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सभामुख सापकोटा र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेट

काठमाडौं, ३० भदौ । नेपालका लागि पाकिस्तानी राजदूत मजहर जाबेदले मंगलबार सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गर्नुभएको छ । आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लाग्नुभएका जाबेदले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख सापकोटासँग शिष्टाचार भेट गर्नुभएको हो ।

भेटमा दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोगका विषयमा कुराकानी भएको जनाइएको छ । भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै स्वास्थ्य र शिक्षा क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोग निरन्तर जारी रहेन विश्वास ब्यक्त गर्नुभएको थियो ।

त्यसैगरी राजदूत जावेदले दुई देशको सम्बन्ध सौहार्दपूर्ण रहेको बताउँदै त्यसलाई अझै मजबुद पार्नुपर्नेमा जोड दिनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);