सीप्यानद्वारा क्रिकेटर ललितसिंह भण्डारीका लागि आर्थिक सहयोग आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सीप्यानद्वारा क्रिकेटर ललितसिंह भण्डारीका लागि आर्थिक सहयोग आग्रह

काठमाडौं, ३१ भदौ । क्रिकेट खेलाडी संघ नेपाल सीप्यानले सडक दुर्घटनाबाट गम्भीर घाइते भएर उपचाररत राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीका लागि आर्थिक सहयोगको लागि आग्रह गरेको छ ।

मंगलबार विज्ञप्ति जारी गरी संघले खेलाडीलाई अफ्ठारो परेको स पहलकदमी लिएको जनाउँदै ललितको उपचारका लागि आवश्यक आर्थिक सहयोग गर्न इच्छुकलाई सेन्चुरी बैंकमा रहेको संघको खातामा रकम जम्मा गर्न अनुरोध गरेको हो ।

अध्यक्ष मनीषराज पाण्डे र महासचिव पारस खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा कञ्चनपुरदेखि काठमाडौंसम्म ललितको उपचारमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिइएको छ ।

आइतबार साँझ क्रिकेटर ललित सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई से१ख १३२४ नम्बरको ट्रकले ठक्कर दिएको थियो । उनको काठमाडौंस्थित ग्रान्डी अस्पताल उपचार भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);