युवा क्रिकेटर लामिछानेलाई सम्मान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

युवा क्रिकेटर लामिछानेलाई सम्मान

ललितपुर, ९ जेठ । ललितपुरस्थित डिएभी इन्टरनेशनल स्कुलले युवा क्रिकेटर सन्दीप लामिछानेलाई नगद एक लाखसहित सम्मान गरेको छ ।

आईपीएलमा उत्कृष्ट प्रर्दशन गरेर सर्वत्र चर्चा कमाएका युवा क्रिकेटर लामिछानेलाई डिएभी इन्टरनेशनल स्कुलले बुधबार एक कार्यक्रमकाबीच नगद १ लाखसहित सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै युवा क्रिकेटर लामिछानेले आफूले सानैदेखि खेलकुद क्षेत्रको माध्यामबाट राष्ट्रलाई चिनाउने सपना लिएको बताए । उनले स्कुलका विद्यार्थीहरुलाई राम्रो अध्ययन गर्न र खेलकुदको माध्यामबाट राष्ट्रलाईमाथि उठाउने योजना बनाउन पनि सुझाव दिए ।

सफलताका लागि कडा मिहिनेतको आवश्यक पर्ने युवा क्रिकेटर लामिछानेको भनाई छ । आईपीएलमा उत्कृष्ट प्रर्दशन गरेका युवा क्रिकेटर लामिछाने मंगलबार स्वदेश फर्किएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);