युवा क्रिकेटर सन्दिप लामिछाने आईपीएलको अक्सनमा छनोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौं, ७ माघ । नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को अक्सनका लागि छनोट भएका छन् ।

नयाँ सिजनको आईपीएलले अक्सनका लागि ३ सय ६० भारतीयसहित सार्वजनिक गरेको ५ सय ७८ खेलाडीको सूची सन्दिपको पनि नाम परेको छ । सन्दिपको नाम सूचिको २ सय ७६ नम्बरमा छ ।

सन्दिप आईपीएलको अक्सनमा पर्ने पहिलो नेपाली क्रिकेटर हुन् । अक्सनमा बोली लागे सन्द्यिपले आईपीएल खेल्ने अवसर पाउनेछन् । एशोसिएट देशबाट परेका सन्दिपको न्यूनतम मूल्य २० लाख भारतीय रुपैयाँ तोकिएको छ ।

अक्सन २७ र २८ तारेदमा बेङ्लुरुमा हुनेछ र फ्रान्चाइज टिमहरुले अक्सनमा रहेका खेलाडीहरुलाई आफ्नो टिममा भित्र्याउन बोली लगाउनेछन् । यसअघि शक्ति गौचनले आईपीएल टिम राजस्थान रोयल्सका लागि ट्रायल लिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);