सन्दिप लामिछाने २० लाखमा दिल्ली डेयरडेभिल्समा अनुबन्धीत | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८०, आइतबार

काठमाडौं, १४ माघ । नेपालका युवा क्रिकेट खेलाडी सन्दिप लामिछाने आईपीएल टिम दिल्ली डेयरडेभिल्समा अनुबन्धीत भएका छन् ।

आइतबार भएको अक्सनमा दिल्ली डेयरडेभिल्सले लामिछानेलाई भारतीय २० लाखमा किनेको हो  । नेपालको इतिहासमा लामिछाने आईपीएल खेल्ने पहिलो खेलाडी भएका छन् । दिल्लीको टिममा गौतम गाम्भीरदेखि ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ट, पृथ्वी शाह समेत छन् ।

दिल्ली डेयरडेभिल्सले सन्दिपको स्वागतमा ट्वीट गर्दै लेखेको छ “आईपीएलको इतिहासमा पहिलो नेपाली खेलाडी, १७ बर्षीय स्पिनरको स्वागत गर्न पाएकोमा खुशी छौ ।”

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);