सन्दीप लामिछाने आईपीएल खेल्न भारत प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सन्दीप लामिछाने आईपीएल खेल्न भारत प्रस्थान

sandeep lamichane

काठमाडौं, १३ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न भारत प्रस्थान गरेका छन् ।

सन्दीप आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट खेल्न आज भारत गएका हुन् । दिल्ली पुगेपछि सन्दिपको फोटो तथा भिडियो सुटिङ तथा मेडिकल टेस्ट हुनेछ । उनी बिहीबारदेखि दिल्लीको अभ्यास क्याम्पमा सहभागी हुने छन् ।

दिल्ली डेयरडेभिल्सले सन्दिपलाई गत महिना ३२ लाख रुपैयाँमा आवद्ध गरेको थियो । सन्दिपले विगत ४ वर्षदेखिको कडा परिश्रमको प्रतिफलस्वरुप आइपिएलमा टिममा आवद्ध भएको बताए । उनले आइपीएल आफ्ना लागि ठूलो अवसर भएको उल्लेख गर्दै राम्रो प्रदर्शन गरेर सबैको विश्वास जित्न प्रयास गर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);