सन्दिप क्यारेबियन प्रिमियर लिगमा छनोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सन्दिप क्यारेबियन प्रिमियर लिगमा छनोट

Sandeep-Lamichhane

काठमाडौं, १८ फागुन । आगामी आइतबार जिम्बाब्वेमा सुरु हुने आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा नेपालका उदयीमान बलर सन्दिप लामिछाने १० जना स्टार खेलाडीको सूचिमा परेका छन् । आइसिसीले बिहीबार सार्वजनिक गरेको १० स्टार खेलाडीको सूचिमा नेपालका लेग स्पिनर सन्दीप पनि परेका हुन् ।

स्टार खेलाडीको सूचिमा अफगानिस्तानका र वेस्ट इण्डिजका २÷२ तथा पपुवा न्युगिनी, आयरल्याण्ड, स्कटल्याण्ड, जिम्बाब्वे र नेदरल्याण्डस्का एक एक खेलाडी परेका छन् । सन्दिप क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा पनि छनोट भएका छन् । बिहीबार लन्डनमा भएको खेलाडी ड्राफ्टमा सन्दिपलाई सेन्ट किट्स एण्ड नेभीस प्याट्रियटस् टिमले आबद्ध गरेको छ ।

क्रिस गेल लगायत विश्वका चर्चित खेलाडी रहेको प्याट्रियट्सले सन्दीपलाई ५ हजार अमेरिकी डलरमा टोलीमा आबद्ध गरेको हो । प्याट्रियटस्ले सन्दीपलाई आबद्ध गर्न पाएकामा सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेको छ । गएको महिना दिल्ली डेयरडेभिल्सले आसन्न इन्डियन प्रिमियर लिगका लागि सन्दिपलाई २० लाख भारुमा आबद्ध गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);