विकास रनिङ शिल्ड फाइनल : थ्रीस्टार र एपीएफ भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

विकास रनिङ शिल्ड फाइनल : थ्रीस्टार र एपीएफ भिड्दै

चितवन, १९ फागुन । १३ औं टुबोर्ग विकास रनिङ शिल्ड फुटबलको उपाधिका लागि आज थ्रीस्टार र एपीएफ क्लब भिड्दैछन् । चितवनको नारायणगढस्थित क्याम्पाचौरमा हुने फाइनल खेलमा दुवै क्लब उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिंदै छन् ।

यो सिजन एपीएफ अझैसम्म ट्रफीविहीन छ भने थ्रीस्टार तेस्रो उपाधि जित्ने दाउमा छ । यी दुई क्लबबीच यो सिजनमा दुईपल्ट भएको प्रतिस्पर्धामा थ्रीस्टारले नतिजा आफ्नो पक्षमा पारेको थियो । विकास रनिङ शिल्डमा एपीएफ तीन खेल तथा थ्रीस्टारले दुई खेल जितेर फाइनलमा पुगेका हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);