प्रिमियर लिगमा लिभरपुल विजयी, दोस्रो स्थानमा उक्लियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रिमियर लिगमा लिभरपुल विजयी, दोस्रो स्थानमा उक्लियो

एजेन्सी, २० फागुन । इङ्लिस प्रिमियर लिगमा लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा न्यु क्यासललाई २–० ले पराजित गरेर लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।

लिभरपुलको जितमा मोहम्मद सलाह र मानेले एक एक गोल गरे । २–० को जितसँगै लिभरपुलले २९ खेलबाट ६० अंक जोडेको छ । एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेड ५९ अंकसहित तेस्रो स्थानमा छ ।

इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति नै भएका अन्य खेलमा टोटेनह्याम, बर्नली , स्वान्सी सिटी र वाटफोर्ड विजयी भएका छन् । टोटेनह्यामले हडर्सफिल्डलाई २–०, बर्नलीले एभरटनलाई २–१, स्वान्सी सिटीले वेस्टह्यामलाई ४–१ र वाटफोर्डले वेस्टब्रोमलाई १–० ले पराजित गरेका हुन् । लेस्टरसिटी भने बर्नमाउथसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);