म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

लण्डन । म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगमा दोस्रो स्थानमा उक्लिन सफल भएको छ ।

इङ्लिस प्रिमियर लिग अन्र्तगत एभर्टनलाई २–० गोल अन्तरले पराजित गरेर म्यानचेस्टर युनाइटेड अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा म्यानुलाई ३ अंक दिलाउने क्रममा एन्थोनाी मार्सियल र जेसे लिंगार्डले एक एक गोल गरेका थिए । उनीहरु दुवैले दोस्रो हाफमा गोल गरेका थिए । जितसँगै म्यानुले २२ खेलबाट ४७ अंक जोडेको छ । एक खेल कम खेलेका तेस्रो स्थानको चेल्सीको ४५ अंक छ भने शीर्ष स्थानको म्यानचेस्टर सिटीको ५९ अंक छ ।

साथै गएराति भएका अन्य खेलमा लिभरपुल, लेस्टर सिटी र न्युक्यासल विजयी भएका थिए । लिभरपुलले बन्र्लेलाई २–१ ले पाखा लगाएको थियो भने लेस्टर सिटीले हडर्सफिल्डमाथि ३–० को जित दर्ता गरेको थियो । न्युक्यासलले स्टोक सिटीलाई १–० ले पराजित गरेको दिन बर्नमाउथ र ब्राइटनले २–२ गोलको बराबरी खेलेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);