कोस्टारिकामा विमान दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोस्टारिकामा विमान दुर्घटना

accident

काठमाडौं, १८ पुस । कोस्टारिकामा विमान दुर्घटना हुँदा विमानमा सवार १२ जनाको मृत्यु, मृत्यु हुनेमध्ये ५ जना एकै परिवारका, दुर्घटनाको कारण खुल्न बाँकी ।

ल्याटिन अमेरिकी देश कोस्टारिकामा विमान दुर्घटना हुँदा विमानमा सवार १२ जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमध्ये १० जना अमेरिकी पर्यटक हुन् । पश्चिमी कोस्टारिकामा पर्ने गुआनाकास्ते प्रान्तको पहाडी क्षेत्रमा भएको दुर्घटनामा विमानका चालक र सहचालकको पनि मृत्यु भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कोस्टारिकाको राजधानी सान जोसेबाट पुन्ता इस्लितास्थित रिसोर्टमा जाने क्रममा भएको विमान दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये पाँचजना एकै परिवारका भएको बताइएको छ । विमान दुर्घटना हुनुको कारण खुलेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);