अमेरिका उत्तर कोरियाको परमाणु हतियारको दायरामा : किम जोङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

अमेरिका उत्तर कोरियाको परमाणु हतियारको दायरामा : किम जोङ

एजेन्सी  । उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकालाई चेतावनी दिंदै परमाणु बम लञ्च गर्ने स्वीच आफ्नो डेस्कमा रहेको बताएका छन् । नेता उनले नयाँ वर्षका अवसरमा टेलिभिजनमार्फत सम्बोधन गर्दै पूरै अमेरिका उत्तर कोरियाको परमाणु हतियारको दायरामा रहेको बताए । उनले आफ्नो भनाइलाई धम्कीको रुपमा नबुझी वास्तविकताका रुपमा लिन अमेरिकासँग आग्रह गरे ।

नेता उन छिमेकी देश दक्षिण कोरियाप्रति नरम देखिएका छन् । उनले सोल विन्टर ओलम्पिकमा उत्तर कोरियाले टिम पठाउन सक्ने बताए । उत्तर कोरियाले थुप्रै प्रतिबन्धका बाबजुद् परमाणु परीक्षण गरिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);