किम जोङ उन र सी जिनपिङबीच बेइजिङमा भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

किम जोङ उन र सी जिनपिङबीच बेइजिङमा भेटवार्ता

चिनियाँ राष्ट्रपति पिङसँगको भेटका क्रममा किमले परमाणु शक्ति घटाउने प्रतिबद्धता जनाएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ ।

Xi Jingping,Kim Jong Un

काठमाडौं, १४ चैत । उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् । चिनियाँ राष्ट्रपति पिङसँगको भेटका क्रममा किमले परमाणु शक्ति घटाउने प्रतिबद्धता जनाएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ ।

किमले अमेरिकासँगको वार्ताको तयारी र आफुहरुको रणनीतिका बारेमा पिङसँग छलफल गरेका थिए । किम सुटुक्क चीन गएको अपुष्ट समाचारहरु आइरहेका बेला चिनियाँ सरकारी समाचार सेवा सिन्ह्वा र उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले भेटवार्ताबारे खुलासा गरेका हुन् ।

सन् २०११ मा मुलुकको राज्यसत्ता सम्हालेयता कुनै पनि देशको भ्रमण नगरेका किम पहिलो पटक चीन पुगेका हुन् । उत्तर कोरियाको सरकारी समाचार सेवा केसीएनएले किमको चीन यात्रालाई ऐतिहासिक भएको विश्लेषण गरेको छ ।

अमेरिकासँग वार्ताको तयारीमा रहेको उत्तर कोरियाले चिनियाँ राष्ट्रपतिलगायतका उच्च राजनीतिक नेतृत्वसँग गरेको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । अघिल्लो महिना दक्षिण कोरियाको प्रस्तावमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोङ उन वार्ताको लागि तयार भएका थिए ।

विश्लेषकहरुले उत्तर कोरियाले अमेरिकासँग वार्ता गर्नुअघि किम चीन जानसक्ने अड्कल गरेका थिए । चीन उत्तर कोरियाको सबैभन्दा ठुलो सहयोगी मुलुक हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);