इरानका राष्ट्रपतिले नागरिकसँग विरोध नगर्ने बताउनुभयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

इरानका राष्ट्रपतिले नागरिकसँग विरोध नगर्ने बताउनुभयो

rastra pati

काठमाडौं, १७ पुस । इरानका राष्ट्रपति हसन रुहानीले नागरिकसँग विरोध गर्ने अधिकार रहेको तर हिंसात्मक गतिविधि गर्ने हक भने नभएको बताउनुभएको छ ।

राष्ट्रपति रुहानीले चार दिनयता भएका सरकार विरोधी प्रदर्शनपछि पहिलो पटक प्रतिक्रिया दिंदै तोडफोड वा सामाजिक अमनचयनमा खलल पु¥याउने कुनै पनि प्रयास सरकारका लागि सह्य नहुने चेतावनी दिनुभएको छ । उहाँले अहिले इरानमा देखिएका समस्याको मुख्य कारक अन्र्तराष्ट्रिय प्रतिबन्धहरु भएको बताउनुभयो ।

राजधानी तेहरानबाहेकका क्षेत्रमा पनि सरकार विरोधी प्रदर्शन फैलिएको छ । कतिपय शहरमा तोडफोड, आगजनी र झडप समेत भएपछि इरानले आन्दोलनका लागि प्रयोग भएको भन्दै सामाजिक सञ्जालहरुमाथि प्रतिबन्ध लगाएको छ । अमनचयन कायम राख्न भन्दै टेलिग्राम र इन्स्टाग्राम जस्ता एप्सहरुमाथि अस्थायी प्रतिबन्ध लगाइएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

मुल्यवृद्धिको विरोधमा सुरु भएको प्रदर्शनले धेरै ठाउँमा यसले राजनीतिक रंग लिएको छ । आन्दोलनकारीहरुले देशका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी, राष्ट्रपति रुहानी र इरानको हस्तक्षेपकारी क्षेत्रीय नीतिको विरोधमा नाराबाजी गर्दै आएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);