इरानमा सरकार विरोधी प्रदर्शनमा १२ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

इरानमा सरकार विरोधी प्रदर्शनमा १२ जनाको मृत्यु

इरान ।  इरानमा सरकार विरोधी प्रदर्शनमा हिंसा बढेको छ ।

इरानमा सरकार विरोधी प्रदर्शनले हिंसात्मक रुप लिंदा १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना प्रहरी अधिकृत छन् । राजधानी तेहरानबाट ३ सय किलोमिटर पश्चिममा पर्ने शहरमा ६ जनाको मृत्यु भएको छ । राष्ट्रपति हसन रुहानीले नागरिकसँग विरोध गर्ने अधिकार रहेको तर हिंसात्मक गतिविधि गर्ने हक भने नभएको अभिव्यक्ति दिएकामा प्रदर्शनकारीले राजधानी तेहरानमा आगजनीका घटना बढाएका छन् ।

हिंसात्मक घटना बढेपछि सडकमा सुरक्षाकर्मीको संख्या बढाइएको छ । सुरक्षाकर्मीले प्रदर्शन नियन्त्रणमा लिन टियर ग्यास प्रहार र पानीको फोहोरा प्रयोग गर्ने क्रम बढाएका छन् । राष्ट्रपति रुहानीले अवसरका लागि गरिएको प्रदर्शनलाई आफूले सामान्यरुपमा लिएको बताएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);