पेरुको सरकार विरोधी प्रदर्शनमा १२ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पेरुको सरकार विरोधी प्रदर्शनमा १२ जनाको मृत्यु

काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरुमा सरकार विरोधी प्रदर्शनकाक्रममा १२ जनाको मृत्यु भएको छ ।

दक्षिणपूर्वी पेरुको जुलियाका विमानस्थलनजिकै भएको झडपमा १२ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । राष्ट्रपति डिना बोलुवार्टेको राजीनामा माग गर्दै सरकार विरोधी प्रदर्शनकारीहरूले विमानस्थलमा प्रवेश गर्ने प्रयास गर्दा झडप भएको बताइएको छ ।

पेरुमा गत डिसेम्बरको शुरुमा तत्कालीन राष्ट्रपति पेड्रो कास्टिलोलाई गैरकानूनी रूपमा संसद विघटन गर्ने प्रयास गरेको भन्दै सत्ताच्युत गरेर बोलुवार्टेले सत्ता चलाएपछि राजनीतिक गतिरोध सुरु भएको हो । पेरुमा प्रदर्शनकारीहरूले विभिन्न किसिमका नाकाबन्दी सृजना गर्दै विरोध प्रदर्शनलाई तीव्रता दिएका छन् । नयाँ चुनावको लागि आह्वान र हिरासतमा राखिएका पूर्वराष्ट्रपति पेड्रो कास्टिलोको रिहाइ प्रदर्शनकारीको मुख्य माग रहेको छ ।

यसैबीच नयाँ राष्ट्रपति डिना बोलुआर्टेले सन् २०२४ निर्वाचन गर्ने प्रतिबद्धता व्यक्त गरे पनि विरोध प्रदर्शन झन् चर्किएको छ । ँ निर्वाचन र क्यास्टिलोको रिहाइ बाहेक प्रदर्शनकारीहरूले राष्ट्रपति डिना बोलुआर्टेको राजीनामा र संविधान संशोधनको समेत माग राखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);