इराकमा जारी सरकारविरोधी प्रदर्शनमा मृत्यु हुनेको संख्या २२ पुग्यो, ७० भन्दा बढी घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

इराकमा जारी सरकारविरोधी प्रदर्शनमा मृत्यु हुनेको संख्या २२ पुग्यो, ७० भन्दा बढी घाईते

iraq

एजेन्सी, १३ मंसिर । इराकको दक्षिणी शहर नसरियामा भएको पछिल्लो सरकार विरोधी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या २२ पुगेको छ । प्रदर्शनकारीहरूले कैयौँ दिनदेखि कब्जा गरेका दुईवटा पुल खाली गराउने क्रममा गोली चलाउँदा उनीहरूको मृत्यु भएको हो ।

प्रदर्शनका क्रममा अन्य ७० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनमा सहभागीहरूमध्ये धेरैले इराककी आन्तरिक मामिलामा इरानको हस्तक्षेप भएको भन्दै त्यसप्रति पनि आक्रोश व्यक्त गरिरहेका छन् । इराकमा २ महिनादेखि जारी सरकार विरोधी प्रदर्शनमा ३ सय भन्दाबढीको ज्यान गइसकेको छ । रोजगारीको सृजना र भ्रष्टाचार न्युनिकरणको माग राख्दै प्रदर्शन भइरहेको हो । प्रदर्शन दवाउन इराकी सेनाले विशेष इकाइ क्राइसिस सेल्स बनाउने सार्वजनिक भएपछि प्रदर्शन भड्केको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);