इराकमा भएको प्रदर्शनमा ७ जनाको मृत्यु, बग्दादमा कर्फ्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

इराकमा भएको प्रदर्शनमा ७ जनाको मृत्यु, बग्दादमा कर्फ्यु

iraq declares curfew

एजेन्सी, १६ असोज । इराकमा आधारभूत सेवा र रोजगारीको अवसर कम भएको भन्दै गरिएको बिरोध प्रदर्शनमा ७ जनाको मृत्यु भएको छ ।

यसैगरी प्रदर्शनकारी र प्रहरीबीच भएको झडपका क्रममा २ सय जना घाईते भएका छन । प्रदर्शन हिंसात्मक बन्दै गएपछि बिहिवार राजधानी बग्दाद लगायतका शहरमा कर्फ्यु आदेश जारी गरिएको छ ।

बुधवार प्रदर्शनका क्रममा १ जनाको मृत्यु भएकोमा बिहिवार थप ६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । प्रधानमन्त्री अदेल अब्दुल माहदीले अर्काे आदेश जारी नगरुञ्जेलसम्मका लागि कर्फ्यु आदेश जारी रहने बताएका छन् ।

इराकी प्रशासनले कर्फ्यु अवधीमा हिडडुल र सवारी आवागमनमा पूर्ण बन्देज लगाएको छ । एम्बुलेन्स, सरकारी अस्पताल, विद्युत र पानी आपूर्ती, विमानका यात्रुहरुका लागि आवश्यक पर्ने सवारी साधानका लागि भने कर्फ्युले बाधा नपर्ने प्रधानमन्त्री माहदीले जारी गरेको आदेशमा उल्लेख छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);