ट्रम्पद्वारा विपक्षी डेमोक्रेटिक सांसदहरुको आलोचना | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

ट्रम्पद्वारा विपक्षी डेमोक्रेटिक सांसदहरुको आलोचना

trump

एजेन्सी, १६ असोज । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महाअभियोगको प्रस्तावलाई लिएर विपक्षी डेमोक्रेटिक सांसदहरुको आलोचना गरेका छन् । फिनल्यान्डका राष्ट्रपति साउली निइनिस्टियोसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले अश्लील भाषा प्रयोग गर्दै डेमोक्रेटिक नेताहरुलाई बेइमान र देशद्रोहीको संज्ञा दिएर आलोचना गरेकोे अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

पत्रकार सम्मेलनका क्रममा ट्रम्पले ह्वाइट हाउस इन्टिलिजेन्सका अध्यक्ष एडम सिफलाई अपराधी र इज्जत नभएको मान्छे भन्दै राजीनामा माग गरे । उनले यस्ता व्यक्तिलाई देशद्रोहीका रुपमा हेरिनुपर्ने पनि जिकिर गरे ।

ट्रम्पले आफ्ना चुनावि प्रतिस्पर्धी जो बाइडन र युक्रेनको एक कम्पनीमा कार्यरत उनका छोरालाई भ्रष्टाचारको मुद्दामा कारबाही गर्न युक्रेनका राष्ट्रपतिलाई टेलिफोनबाट आग्रह गरेको विषयलाइनै उठाएर डेमोक्रेटिक सांसदहरुले महाअभियोगको प्रस्ताव अघि बढाएका छन् ।

महाअभियोगका सम्बन्धमा गठित समितिले ह्वाइट हाउससँग टेलिफोन कुराकानीको पूर्ण विवरण मागेपछि राष्ट्रपति ट्रम्प आक्रोशित हुँदै आएका छन् । डेमोक्रेटिकहरुले भने छानविन र महाअभियोग प्रक्रियालाई निष्पक्ष बनाउने बताउँदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);