सभामुख नेन्सी पेलोसीद्वारा ट्रम्पलाई महाभियोग लगाउने प्रक्रिया सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सभामुख नेन्सी पेलोसीद्वारा ट्रम्पलाई महाभियोग लगाउने प्रक्रिया सुरु

trump

एजेन्सी, ८ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने प्रक्रिया सुरु भएको छ । डेमोक्रेट्स पार्टीले औपचारिक रुपमा महाभियोगको प्रक्रिया सुरु गरेको हो ।

अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले पनि ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु गर्ने घोषणा गरेकी छन् । राष्ट्रपति ट्रम्पले संविधानको घोर उल्लंघन गरेको बताउँदै उनले भनेकी छन्, ‘राष्ट्रपति जवाफदेही हुनुपर्छ, कुनै पनि कानुनभन्दा माथि उनी छैनन् ।’

डेमोक्रेटिक पार्टीका प्रतिद्वन्द्वी नेता जो बाइडन र उनका छोराविरुद्ध भ्रष्टाचारविरुद्ध अनुसन्धान गर्न युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीलाई दबाव दिएको आरोप अमेरिकी राष्ट्रपति ट्रम्पलाई लागेको छ । ट्रम्पले युक्रेनका राष्ट्रपतिसँग आफ्नो राजनीतिक प्रतिद्वन्द्वीको बारेमा छलफल गरेको स्वीकार पनि गरेका छन् । तर भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न दबाव भने नदिएको उनले बताएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);