अमेरिकामा संसद र सरकारबीचको झगडा उत्कर्षमा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

अमेरिकामा संसद र सरकारबीचको झगडा उत्कर्षमा

trump

एजेन्सी, ११ माघ । अमेरिकामा संसद र सरकारको द्वन्द्व हुँदा राजनीतिक अन्योल गहिरिएको छ । संसदले आफ्नो बजेट पारित नगरिदिएको भन्दै सरकारी कार्यालय बन्द गर्न तयार हुने राष्ट्रपति डोनाल्ड ट्रम्प र सरकारी कार्यलय नखुल्दासम्म संसदमा राष्ट्रपतिलाई बोल्नै नदिने सभामुखको अडानले कार्यपालिका व्यवस्थापिका द्वन्द्वको रुप धारण गरेको छ ।

आफ्नो पार्टीको बहुमत नभएर पनि सरकारका नीति तथा कार्यक्रम जस्ताको तस्तै लागू गर्न कठोर देखिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसदको संयुक्त सदनलाई संबोधन गर्नबाट समेत बञ्चित हुनुपरेको छ ।

गत डिसेम्बर २२ देखि बन्द भएका अमेरिकी संघीय सेवाका सरकारी कार्यालय अहिलेसम्म खुलेका छैनन् । र त्यसलाई खोल्न आफूले अघि सारेको मेक्सिकोका सीमामा पर्खाल लगाउन सरकारी खर्च कटौती गरेको बजेट संसदले स्वीकृत गरिदिनुपर्ने अडान राष्ट्रपति ट्रम्पले लिएका छन् ।

उनले असिमित समयसम्म सरकारी कार्यालय बन्द रहने चेतावनी समेत दिइरहेका छन् । तर, संघीय सरकारी कार्यालयहरु बन्द भइरहँदासम्म राष्ट्रपतिलाई सदनमा संबोधन गर्न नदिने काउण्टर अडान सभामुख नेन्सी पेलेसीले राखेकी छन् ।

यही कारण राष्ट्रपतिले संसदको संयुक्त सदनलाई वार्षिक रुपमा गर्ने सम्बोधन समेत प्रभावित भएको छ । संयुक्त दनलाई संबोधनका लागि सभामुख न्यासी पेलोसीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पठाएको निमन्त्रणा नै फिर्ता लिएकी छन् । र यसअघि राष्ट्रपतिले उनको अफगानिस्तान सहितका देशको भ्रमण रद्ध गरिदिएको बदला लिएकी छन् ।

उनले स्टेट अफ युनियनको सम्बोधन अघि सरकारी कार्यालय खुल्नु पर्ने सभामुख पेलोसीको अडान र मेक्सिको सीमामा पर्खाल लगाउन बजेट दिएपछिमात्र बन्द कार्यालय खुलाउने ट्रम्पको अडानका कारण अमेरिकी राजनीति अहिले थप अन्यौलपूर्ण बनेको छ ।

आप्रवासी विरुद्ध कडा नीति लिने घोषणा चुनावी अभियानकै क्रममा गरेका ट्रम्प मेक्सिकोको सीमामा पर्खाल लगाउने योजनामा टसको मस नहुने अनि सभामुख नेन्सीले सरकारी कार्यालय संचालन नहुँदासम्म संसदमा बोल्नै नदिने अडान कायम रहे अमेरिकी राजनीति कता मोडिएला भनेर राजनीति शास्त्रका पण्डितहरुसमेत घोत्लिन थालेका छन् ।

ट्रम्पले सरकारी खर्च कटौति गरि छ अर्ब अमेरिकी डलर छुट्याउन संसदसँग जिरह गरिरहेका छन् । यही अडानलाई संसदले स्वीकार नगर्दा गत डिसेम्बर २२ देखि संघीय सेवाका आठलाख कर्मचारीे तलव खान पाएका छैनन् ।

यही विवादमा राष्ट्रपतिबाट स्टेट अफ युनियनलाई संबोधन गर्न नपाए वार्षिक नीति, कार्यक्रम तथा योजनाहरु नै पछि प्रभावित हुने छन् । सभामुख पेलोसीले बन्द रहेका सरकारी कार्यालय नखुलेसम्म कांग्रेसमा सम्बोधन गर्न नदिने भन्दै ट्रम्पलाई ह्वाइट हाउस वा अर्को स्थानबाट सम्बोधन गर्न सुझाव दिएकी छन् ।

संसदको काम नीति तथा कानुन व्यवस्थापन भएकाले राष्ट्रसंचालन राष्ट्रपतिकै जिम्मेवारी भएकाले सधै विवादास्पद अभिव्यक्तिबाट विवादमा तानिने ट्रम्प यस पटक भने आफ्नै अडानका कारण अप्ठ्यारोमा परेका हुन् । विपक्षी डेमोक्र्याट मात्र नभएर उनका आफ्नै पार्टी रिपब्लिकनका सांसदहरुको समेत पुरा साथ नभएकाले उनलाई थप अप्ठेरो छ।

विश्लेषकहरुले अमेरिकी संविधानमा राष्ट्रपति–संसद सम्बन्ध कस्तो हुने भन्ने कुरा स्पष्ट नहुँदा पनि समस्या आएको बताएका छन् । राष्ट्रपतिलाई आफ्नो अडान पुरा गर्न संकटकाल लगाएर रक्षा खर्चबाट सीमा पर्खाल लगाउने निर्णय गर्ने छुट त छ तर, त्यसबाट असफल भए कहाँ पुग्ने भन्ने विषयले राष्ट्रपति ट्रम्पको भविष्य माथि नै प्रश्न उठाइदिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);