निर्माणाधिन एक भवनको चौथो तला भत्किदा ७ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २९ २०८३, आइतबार

निर्माणाधिन एक भवनको चौथो तला भत्किदा ७ जनाको मृत्यु

india

भारत, ११ माघ । भारतको हरियाणा स्थित उल्लावास गाउँमा निर्माणाधिन एक भवनको चौथो तला भत्किदा ७ मजदुरको मृत्यु भएको छ ।

भवनभित्र अन्य ब्यक्तिहरु पनि पुरिएकोे हुन सक्ने आशंका गरिएको छ । भारतीय राष्ट्रिय आपतकालीन उद्धार समितीका प्रवक्ताका अनुसार अहिलेसम्म ७ जनाको सव निकालिएको छ । निर्माणाधिन भवनको चौथो तला भत्किदा दोस्रो तेस्रो र भुइँतलामा रहेका मजदुरहरुको मृत्यु भएको हो ।

मृत्यु भएका मध्ये ४ जनाको सनाखत भइसकेको र बांकी तीन जनाको सनाखत हुन नसकेको गुरुग्राम नगरका प्रहरीको भनाइ छ । हरियाणा सरकारले भवन भत्किदा मृत्यु भएका परिवारलाई राहत स्वरुप ३÷३ लाख रुपैयाँ दिने घोषणा गरेको भारतीय समाचार संस्थाहरुले जनाएका छन् ।