रोल्पामा वर्षाका कारण घर भत्किएर तीन जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

रोल्पामा वर्षाका कारण घर भत्किएर तीन जनाको मृत्यु

रोल्पा, १८ असार । रोल्पाको रुनटीघढी गाउँपालिका–५ मा वर्षाका कारण घर भत्किदा तीन जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै रुनटीघढी गाउँपालिकामा घर भत्किदा २२ बर्षिय कमला विश्वकर्मा, १८ दिनकी शिशु आयुशा विश्वकर्मा र १५ बर्षिय चित्रा विश्वकर्माको मृत्यु भएको हो । मृत्यु भएका कमला र आयुशा आमा छोरी हुन् ।

त्यस्तै बाँकेको वैजनाथ गाउँपालिका–३ स्थित वनकटुवामा जेठी नालामा आएको बाढीले बगाउँदा ६५ वर्षीय तुलबहादुर बुढा बेपत्ता भएका छन् । बाढीका कारण भरतपुर–माडी–ठोरी हुलाकी सडक अवरुद्ध भएको छ ।

बाढीले माडी नगरपालिकामा रौतनी खोलाको पुल भाँचेको छ । खोलामा पानीको बहाब उच्च भएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);