अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा फेरी राष्ट्रिय आपतकाल घोषणा गर्ने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा फेरी राष्ट्रिय आपतकाल घोषणा गर्ने चेतावनी

trump tv address

एजेन्सी, २८ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरी राष्ट्रिय आपतकाल घोषणा गर्ने चेतावनी दिएका छन् । यसअघिको उनको टेलिभिजन सम्वोधनमा आपतकालको घोषणा गर्ने बताइए पनि उनले त्यसो गरेका थिएनन् ।

डेमोक्र्याट नेताहरुसंगको छलफल गरी सिमामा पर्खाल लगाउन रकमको जोहो गर्ने उनको प्रयास विफल भएपछि पुन: उनले आपतकाल लगाउने बताएका छन् ।

अमेरिकामा मेक्सिकोको सिमावाट हुने आप्रवासीको प्रवेश रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रकमको जोहो गर्नका लागि संघीय सरकारसंग बजेट माग गरिरहँदा अमेरिकाको संघीय सरकारका कर्मचारीहरुले विगत २२ दिनदेखि कामकाज गर्न पाएका छैनन ।

यो अहिलेसम्म सरकारी कार्यालय बन्द भएको अमेरिकामा सवैभन्दा लामो समय हो । यसअघि सन १९९५/९६ मा राष्ट्रपति विल क्लिंटनको पालामा २१ दिनसम्म यसरी सरकारी कार्यालयहरु बन्द भएका थिए ।

यसरी लामो समयसम्म सरकारी कार्यालहरु बन्द हुँदा त्यहाँका ८ लाखभन्दा वढि कर्मचारीहरु प्रभावित भएका छन् । उनीहरुले नयाँ वर्षको सुरुवात देखि नै पारीश्रमिक पाउन सकेका छैनन् । यसरी पर्खाल लगाउने विषय मै कुरा मिल्न नसक्दा सरकारी कर्मचारीहरुले रोजगार समेत गुमाउनु पर्ने अवस्था आएकोमा विपक्षिहरुले आपतकालीन अवस्था आए आफुहरुले कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफुलाई कानुनले नै आपतकालीन अवस्थाको घोषणा गर्ने वाटो खुला गरेको भन्दै यसले अमेरिकाको वर्तमान अवस्थालाई सहजतातर्फ उन्मुख गर्न सघाउ पु¥याउने बताउँदै आएका छन् ।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भए लगत्तै आप्रवासीको अमेरिका आवागमन रोक्न सिमामा पर्खाल लगाउने उदघोष गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालसम्म त्यसका लागि बजेट पाउन सकेका छैनन् ।

आफु निर्वाचित भएको सुरुदेखिनै आप्रवासीको अमेरिका प्रवेशमा कडाई गर्ने वताउँदै आएका राष्ट्रपति ट्रम्पले सिमामा पर्खाल लगाएरै छोडने नीति लिएका छन् । तर डेमोक्र्याट नेताहरुले उनको यस्तो सपनालाई सार्थक तुल्याउन अवरोध गर्दै आएका छन् ।

धेरैले राष्ट्रपति ट्रम्पले राष्ट्रिय आपतकालको घोषणा यसअघि नै गर्र्नसक्ने अनुमान गरेको भएपनि उनले आफ्ना सम्वोधनमा यस्तो घोषणा भने गरेका थिएनन् । आफ्नो लामो समयदेखिको प्रतिबद्धताको सूचिमा रहेको मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि सरकारी कोषबाट बजेटको व्यवस्था गर्न कांग्रेस तयार नभए आफूले राष्ट्रिय आपतकालको घोषणा गरी सीमा पर्खाल बनाउने ट्रम्पले पुनः बताएका हुन् ।

बुधबारको सम्बोधनपछि समस्या समाधानका लागि डेमोक्र्याटिक पार्टीका शीर्ष नेतासँग भएको छलफलको क्रममा बीचबाटै उठेका राष्ट्रपति ट्रम्प सीमा क्षेत्रको भ्रमणमा गएका छन् ।

मेक्सिकोसँगको सीमा क्षेत्रको भ्रमणमा रहेका ट्रम्पले सम्बोधनको क्रममा राष्ट्रिय आपतकाल लगाउने बताएका हुन् । ट्रम्पले संघीय सरकारको कार्यसञ्चालन बजेटमा ५.७ बिलियन अमेरिकी डलर सीमा पर्खालका लागि व्यवस्था गरिनु पर्ने अडान लिएका छन् ।

यो कुरा डेमोक्र्याटिक पार्टीले मानेको छैन । यसले गर्दा संघीय सरकारको कार्यसञ्चालन बजेट सम्बन्धी विधेयक अड्किएको छ र संघीय सरकारका आंशिक कार्यालयको काम ठप्प भएको शनिवार २२ दिन पुगेको छ । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पावोलले राष्ट्रपतिले लिने आगामी कदमको डटेर सामाना गर्ने बताएकी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);