डेमोक्र्याटिक नेतासंगको वार्ता राष्ट्रपति ट्रम्पले विचमै छोडपछि.. | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

डेमोक्र्याटिक नेतासंगको वार्ता राष्ट्रपति ट्रम्पले विचमै छोडपछि..

trump

काठमाडौं, २६ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बजेट अभावका कारण विगत १९ दिनदेखि आंशिक बन्द रहेका सरकारी कार्यालय खुलाउने विषयमा डेमोक्रेटिक नेताहरुसँगको वार्ता बीचैमा छोडेका छन ।

विपक्षी डेमोक्र्याटिक पार्टीका नेताहरूसँग भएको बैठकको कक्षबाट राष्ट्रपति डोनाल्ड ट्रम्प अचानक बाहिर निस्किएपछि वार्ता निष्कर्षहीन वनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बजेट अभावका लामो समयदेखि आंशिकरुपमा बन्द रहेका अमेरिकी सरकारी कार्यालय खुलाउने विषयमा डेमोक्रेटिक नेताहरुसँगको वार्ता बीचैमा छोडेर उठेका छन् । राष्ट्रपति ट्रम्प विचमै उठेपछि वार्ता निश्कर्षविहिन भएको छ ।

डेमोक्रेटिक नेता एवं तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी र चक शुमरले अमेरिका र मेक्सीकोबीच पर्खाल लगाउनका लागि विनियोजन गरिएको बजेटमा सहमती नजनाएपछि राष्ट्रपति ट्रम्पले वार्ता भंग गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन । राष्ट्रपति ट्रम्पले डेमोक्रेटिक नेताहरुसँग भएको वार्तालाई समय बर्वादीको संज्ञा दिएका छन् । अमेरिकामा बजेट अभावले सरकारी कार्यालय आंशिक बन्द भएपछि झण्डै ८ लाख कर्मचारीले तलब पाउन सकेका छैनन् । बैठकपछि सामाजिक सञ्जाल ट्विटरमा सन्देश लेख्दै ट्रम्पले आफूले डेमोक्र्याट नेताहरूलाई “बाइ बाइ“ टाटा भनेको उल्लेख गरेका छन ।

ट्रम्पले सिमानामा स्टिलको पर्खालका लागि ५.७ अर्ब डलर माग गरेका छन ्। त्यसले उनको चुनावी वाचालाई पूरा गर्न मदत गर्दछ। तर डेमोक्र्याटहरूले त्यसलाई अस्वीकार गरिरहेका छन्। राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानदेखिको प्रतिबद्धतामा रहेको सीमा पर्खाल निर्माणका लागि संघीय सरकारका कार्यालयहरु सञ्चालनका लागि तय गरिएको बजेटबाट रकमको व्यवस्था गर्नु पर्ने अडान लिँदै आएका छन् ।रिपब्लिकन र डेमोक्रेटिक पार्टी दुवैले लम्बिँदै गएको सरकारी कामकाज ठप्पका लागि एकअर्कालाई दोष लगाइरहेका छन् ।

संघीय सरकारका कर्मचारीलाई तलब खुवाउन नसक्नु राष्ट्रपति ट्रम्पका लागि नोक्सानी रहेको विश्लेषकहरुले बताएका छन । अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार बिहान टेलिभिजन सम्बोधन गर्दै आफ्नो चुनावी अभियानदेखिको प्रतिवद्धता सीमा पर्खालका लागि बजेट माग गरेका थिए । उनले राष्ट्रपतिमा निर्वाचीत भएदेखिनै आप्रवासीको अमेरीका प्रवेश रोक्न मेक्सिकोको सिमानामा पर्खाल लगाउनु पर्ने बताउदै आएका छन । यसका लागि उनले पटकपटक पहल पनि थालेको भएपनि सफल भने हुन सकेका छैनन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);