डोनाल्ड ट्रम्प र नेता किम जोङ्ग उनबीच सीधा वार्तालाप | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

डोनाल्ड ट्रम्प र नेता किम जोङ्ग उनबीच सीधा वार्तालाप

kin jong un n trump

काठमाडौं, ५ बैशाख । शिखर वार्ताको पुर्वसन्ध्यामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ्ग उनबीच सीधा वार्तालाप भएको छ ।

अमेरिका र उत्तर कोरियाबीच औपचारिक शिखर वार्ताको तयारी भइरहेका बेला ट्रम्प र उनबीच सीधा सम्पर्क भएको हो । शिखर वार्ताको गृहकार्यका लागि अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख माइक पोपियो उत्तर कोरिया पुगेका छन् । माइक पोपियोको यही भ्रमणको क्रममा ट्रम्प र उनबीच टेलिफोन वार्ता भएको हो ।

ट्रम्पले उच्चस्तरमा सीधा कुराकानी गरेको बताएको वाशिङटन पोस्टले जनाएको छ । शीखर वार्तालाई ऐतिहासिक बनाउने प्रयासमा अमेरिका र उत्तर कोरियाका अधिकारीहरुबीच पनि वार्ता भइरहेको ट्रम्पले उल्लेख गरेका छन् । अमेरिका र उत्तर कोरियाबीच औपचारिक वार्ताका लागि पाँच स्थानको विकल्प राखिएको छ । तर, कहाँ वार्ता गर्ने भन्ने अझै निश्चित भइसकेको छैन । यसैबीच अमेरिका र उत्तर कोरियाबीचको वार्ताको जापानले स्वागत गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता उनसँग जापानी प्रधानमन्त्री सिन्जो आबेसँगै बसेर कुराकानी गरेको जनाइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र जापानी प्रधानमन्त्री आबेबीच फ्लोरिडामा भेटवार्ता भएको थियो । जापानले अमेरिकी सुरुवातको स्वागत गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);