अमेरिका र कोरियाबीच हुुने ऐतिहासिक शिखर वार्ताको सम्पूर्ण तयारी पूरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

अमेरिका र कोरियाबीच हुुने ऐतिहासिक शिखर वार्ताको सम्पूर्ण तयारी पूरा

एजेन्सी, २८ जेठ । अमेरिका र उत्तरकोरियाबीच सिंगापुरमा मंगलबार हुुने ऐतिहासिक शिखरवार्ताको सम्पूर्ण तयारी पूरा भएको छ । संसारको ध्यान यही शिखर बैठकतर्फ केन्द्रित छ । यो बैठकपछि उत्तर कोरियाले परमाणु हतियारसम्बन्धी आफ्नो अडान र उत्तर कोरियाप्रतिको अमेरिकी धारणामा केही परिवर्तन आउला कि नआउला भन्नेमा कुटनीतिज्ञहरु पनि उत्सुक छन् ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जङ–उन तेस्रो पिँढीको पहिलो शासक हुन् जो अमेरिकी राष्ट्रपतिसँग भेट गर्दै छन् । उत्तरकोरिया पूर्णतः मिसाइल र परमाणुमुक्त हुुनुुपर्ने अमेरिकाको चाहना छ ।

उत्तर कोरिया र अमेरिका दुुबैले वार्ता परिणाममुखी हुुने आशा ब्यक्त गरेका छन् । यसअघि उत्तर कोरियाका नेता किमले आइतबार सिंगापुुरका प्रधानमन्त्री ली सिन लुुङलाई भेटेर ऐतिहासिक वार्ताका लागि सिंगापुुरको तयारीप्रति प्रशंसा गरेका थिए ।

खेल कुटनीतिका माध्यमबाट दक्षीण कोरियालाई नजिक ल्याउन सफल किम सिंगापुर वार्ता सफल बनाउनेतर्फ गम्भीर देखिएको विलेषकहरुको टिप्पणी छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प पनि सिंगापुुरमै उत्साही भएर वार्ता पर्खिरहेका छन् । वार्ता सिंगापुुुरको सेन्टोसा रिसोर्ट आइल्याण्डस्थित क्यापेला होटलमा हुुनेछ । वार्ताका लागि सिंगापुुर आएका अमेरिकी राष्ट्रपति ट्रम्पले सीतयुुुद्ध पछिको कोरियाली प्रायद्धीपको तनावपूर्ण अवस्था टुुङग्याउन खोजेको चर्चा भइरहेको छ ।

अमेरिकी प्रतिनिधिमण्डलमा अमेरिकी बिदेशमन्त्री माइक पोम्पियो, राष्ट्रिय सुुरक्षा सल्लाहकार जोन बोल्टन, चीफ अफ स्टाफ जोन केली पनि सामेल छन् ।

सन् १९५० देखि १९५३ सम्मको कोरियाली युद्धका बेलादेखि अमेरिका र उत्तर कोरियाबीचको झगडा र बैमनश्यता बल्ल आपसी भेटवार्तामा आएर परिणत हुुने स्थितिलाई निकै अर्थपूर्ण मानिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);