उत्तर कोरियाद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पसँगको शिखर वार्ताका लागि एजेण्डा तय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उत्तर कोरियाद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पसँगको शिखर वार्ताका लागि एजेण्डा तय

एजेन्सी, २८ जेठ । उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको शिखर वार्ताका लागि एजेण्डा तय गरेको छ ।

उत्तर कोरियाले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको शिखर वार्ताका लागि स्थायी शान्ति स्थापनाको संयन्त्रलाई मुख्य एजेण्डा बनाउने भएको छ । आफ्ना नेता किम जोङ उनले यही एजेण्डामा केन्द्रीत रहेर ट्रम्पसँग छलफल गर्ने कोरियाको सरकारी पत्रिकाले सम्पादकीयमा लेखेको छ । किम र ट्रम्पबीच भोलि सिंगापुरको सेन्तासा आइल्याण्डस्थित होटल क्यापेलामा वार्ता हुँदैछ ।

किमले पूरै विश्वले आसन्न वार्तालाई नियालिरहेको भन्दै विश्वमा शान्ति स्थापना नै शिखर वार्ताको मुख्य एजेण्डा भएको बताएको कोरियाली पत्रिकाले उल्लेख गरेको छ । ट्रम्पसँगको वार्तामा किमले अमेरिकासँग नयाँ सम्बन्ध कायम गर्न प्रस्ताव गर्ने अन्र्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । आणविक कार्यक्रम बन्द गर्ने अमेरिकी चाहनाका बारेमा भने उत्तर कोरियाले केही बताएको छैन ।

वार्ताका लागि किम र ट्रम्प आइतबार नै सिंगापुर पुगिसकेका छन् । किम र ट्रम्प अलग अलग होटलमा बसिरहेका छन् । दुवै देशका कुटनीतिज्ञहरु भोलिको शिखर वार्तामा पेश गरिने एजेण्डाको मस्यौदा तयार गर्न बैठकमा व्यस्त रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);