एजेन्सी , २७ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखरवार्ताका लागि उत्तर कोरियाली नेता किम जोङ उन सिंगापुर पुगेका छन् । एयर चाइनाको विमानबाट चाङगी विमानस्थलमा ओर्लेका किमलाई सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृणनले स्वागत गरेका थिए ।
किम नेतृत्वको प्रतिनिधिमण्डल सेन्ट रेगिस होटलमा बस्नेछन् । दुई नेताबीचको बहुप्रतिक्षित वार्ता मंगलबार सेन्तासा आइल्याण्डस्थित होटल क्यापेलामा हुनेछ । बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीचको यो भेट पहिलो हुनेछ ।
भेटवार्ताका लागि सिंगापुर पुग्दा ट्रम्प र किमलाई सिंगापुरमा रहेका गोर्खा प्रहरीले सुरक्षा दिनेछन् । किमले सोमबार सिंगापुरका प्रधानमन्त्रीसँग छलफल गर्ने जनाइएको छ ।




