उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा

Xi Jingping,Kim Jong Un

एजेन्सी, २४ पुस । उत्तर कोरीयाली नेता किम जोङ उन चीन पुगेका छन् । राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा उनी चीन पुगेपनि भ्रमणबारे यसअघि केही बताइएको थिएन ।

श्रीमती रि सोल जु सहित चीन पुगेका नेता किम जनवरी १० सम्म चीनमा रहनेछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेता किमबीच दोस्रो शिखर सम्मेलनका लागि छलफल भइरहेको खबर सार्वजनिक भइरहेका बेला नेता कीम चीन पुगेका हुन् ।

नेता किम र राष्ट्रपति ट्रम्पबीच गएको जुन महिनामा सिंगापुरमा शिखर सम्मेलन भएको थियो । एक वर्षभन्दा कम समयमा किम चौथो पटक चीन पुगेका हुन् ।

किम रेलमा चढेर चीन गएका हुन् । व्यापार र अनुदानको मुख्य साझेदार रहेको चीनलाई उत्तर कोरीयाको कुटनीतिक मामिलाको सहयोगी पनि मानिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);