मेक्सिको सीमामा पर्खाल लगाउन ट्रम्पद्वारा बजेट माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मेक्सिको सीमामा पर्खाल लगाउन ट्रम्पद्वारा बजेट माग

trump tv address

एजेन्सी, २५ पुस । अमेरिकाको राष्ट्रपतिमा निर्वाचीत भए लगत्तै आप्रवासीको अमेरिका आवागमन रोक्न सिमामा पर्खाल लगाउने उदघोष गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा बढ्दै गएको मानवीय तथा सुरक्षात्मक खतरबाट जोगिनका लागि मेक्सिकोसँगको सीमामा पर्खाल बनाउन रकमको माग गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले नेपाली समय अनुसार बुधबार बिहान गरेको टेलिभिजन सम्बोधन मार्फत आफ्नो चुनावी अभियानदेखिको प्रतिवद्धता सीमा पर्खालका लागि बजेट माग गरेका छन । उनले राष्ट्रपतिमा निर्वाचीत भएदेखिनै आप्रवासीको अमेरीका प्रवेश रोक्न मेक्सिकोको सिमानामा पर्खाल लगाउनु पर्ने बताउदै आएका छन । यसका लागि उनले पटकपटक पहल पनि थालेका थिए तर सफल हुन सकेका थिएनन ।

पछिल्लो पटक बुधबार बिहान ओभल कार्यालयबाट गरेको आफ्नो पहिलो टेलिभिजन सम्बोधनमा राष्ट्रपति ट्रम्पले सीमा पर्खालका लागि बजेटको माग गरेका छन । धेरैले राष्ट्रपति ट्रम्पले राष्ट्रिय आपतकालको घोषणा गर्र्नसक्ने अनुमान गरेको भएपनि उनले आफ्ना सम्वोधनमा यस्तो घोषणा भने गरेनन् ।

यसअघि ट्रम्पले कांग्रेसले सीमा पर्खालका लागि बजेट बिनियोजन गर्न अवरोध गरेमा राष्ट्रिय आपतकाल लगाएर भए पनि सीमा पर्खाल निर्माण गर्ने बताएका थिए । राष्ट्रपति ट्रम्पको सम्बोधनको जवाफमा डेमोक्र्याटिक पार्टीका नेताले पनि टेलिभिजनमार्फत नै त्यसको खण्डन गरेका छन् ।

डेमोक्र्याटिक पार्टीकी नेतृ तथा हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसी र सिनेटका माइनोरिटी लिडर चक शुमरले ट्रम्पले अमेरिकी नागरिकलाई बन्धक बनाएको आरोप लगाएका छन । उनीहरुले १८ दिनदेखि जारी आंशिक सरकारी कार्यालयको ठप्प कामकाज सुचारु हुने अवस्था बनाउन माग गरेका छन् ।

सीमा पर्खालका लागि सरकारी कोषबाट रकम छुट्याउनु पर्ने अडानमा रहेका ट्रम्प र त्यसको विक्षमा रहेका सिनेटरबिचको विवादका कारण संघीय सरकारका विभिन्न कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने बजेटको व्यवस्था हुन नसक्दा आंशिक संघीय कार्यालयहरुको काम ठप्प रहेको छ । राष्ट्रपति ट्रम्पले संघीय सरकारका लागि आवश्यक पर्ने कार्यसञ्चालन बजेटमा सीमा पर्खालका लागि पाँच बिलियन डलर छुट्याउनु पर्ने अडान लिँदै आएका छन् ।

अमेरिकाका प्रमुख टेलिभिजन नेटवर्कले प्रत्यक्षप्रशारण गरेको ८ मिनेट लामो सम्बोधनमा राष्ट्रपति ट्रम्पले डेमोक्र्याटका कारण संघीय सरकारका कार्यालयका काम ठप्प भएको आरोप लगाएका छन ।

राष्ट्रपति ट्रम्पले संघीय सरकारका लागि आवश्यक पर्ने कार्यसञ्चालन बजेटमा सीमा पर्खालका लागि पाँच बिलियन डलर छुट्याउनु पर्ने अडान लिँदै आएका छन् । आफ्नो कार्यकालको सुरुवात देखिनै आप्रवासीप्रति कडा देखिएका राष्ट्रपति ट्रम्प सिमा क्षेत्रमा पर्खाल लगाउन सफल हुन्छन वा हुँदैनन त्यो भने आगामी दिनलेनै देखाउनेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);