सीमा सुरक्षाका विषयमा दुई अमेरिकी पार्टीबीच सैद्धान्तिक सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८३, बुधवार

सीमा सुरक्षाका विषयमा दुई अमेरिकी पार्टीबीच सैद्धान्तिक सहमति

us political parties

एजेन्सी , २९ माघ ।  सीमा सुरक्षाका विषयमा दुई अमेरिकी राजनीतिक पार्टीबीच भएको वार्ता सफल भएको छ । सत्ताधारी दल रिपब्लिकन र प्रतिपक्षी डेमोक्रेटबीच सहमति भएको अन्तराष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन । यो सँगै त्यहाँको सरकारी कामकाज समेत सुचारु हुने भएको छ ।

सिमा सुरक्षाका विषयमा अमेरिकामा जारी गतिरोधको अन्त्य भएको छ । डिमोक्र्याट तथा रिपब्लिकन नेताहरूले सीमा सुरक्षाका विषयमा एक सैद्धान्तिक सहमति गरेसँगै अर्को अस्थायी खर्चबन्दी हुने र अमेरिकी संघीय निकायहरू खर्चविहिन हुने अवस्थाबाट गुज्रिने जोखिम टरेको छ। अमेरिकामा विगत ३५ दिनदेखि देखिएको सरकारी खर्चसम्बन्धि गतिरोध अन्त भएको हो । दुई दलबीच के-कस्ता विषयमा कस्तो सहमति भएको सम्बन्धमा भने विस्तृत जानकारी सार्वजनिक गरिएको छैन ।

सीमा सुरक्षाका विषयमा अमेरिकाका दुई राजनीतिक पार्टीहरु रिपब्लिकन र डेमोक्र्याटिक पार्टीका नेताहरुबीच वार्ता प्रयास भएपनि पटकपटक असफल हुँदै आएको थियो । दुई पार्टीका नेताहरुबीच बन्दी बनाइने अवैध आप्रवासीको सङ्ख्याका विषयमा मतभेद देखिएकाले विवाद जारी रहेको थियो । डेमोक्र्याट नेताहरु १६ हजार ५ सयभन्दा धेरै आप्रवासीलाई बन्दी बनाउन नहुने पक्षमा रहेको थिए ।

यसअघि मेक्सिकोसँगको सीमानामा पर्खाल लगाउने विषयमा गतमहिना अमेरिकामा इतिहासकै सबैभन्दा लामो ३५ दिन सरकारी कामकाज ठप्प भएको थियो । त्यसबाट अमेरिकी अर्थतन्त्रले १ अर्ब १० करोडभन्दा धेरै नोक्सान व्यहोरेको जनाइएको छ ।सांसदहरूका अनुसार वाशिङटनमा भएको एक बैठकमा नयाँ सहमति जुटेको हो । सीमा सुरक्षाका विषयमा दुई दलविचमा सैद्धान्तिक सहमति भउको भएपनि सहमतिका बुँदाहरू भने बाहिर आइसकेका छैनन् ।

अमेरिकामा अर्को खर्चबन्दी रोक्न शुक्रवारसम्म दुई पक्षबीच सैद्धान्तिक सहमति जुटेका विषयमा थप सहमति जुट्न आवश्यक छ । अमेरिकी रिपब्लिकन सिनेटनर रिच्ड शेल्बीका अनुसार सबै मतभेदहरू हल भएको बताइएको छ । उनका अनुसार सबै विषयमा सहमति जुटेको तथा त्यसका बुँदाहरू केही दिनपछि बाहिर आउने छन् ।

सिमा पर्खालका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिनेटसंग मेक्सिकोको सिमामा पर्खाल लगाउनका लागि ५ दशमलव ७ विलियन अमेरिकी डलरको माग गरेका थिए । विपक्षी नेताहरुले उनको प्रस्ताव अस्विकार गरेपछि अमेरिकाले इतिसहासमै सवैभन्दा लामो समय खर्चवन्दीको सामाना गरेको थियो । आफु निर्वाचित हुँदानै आप्रवासीप्रति कठोर नीति लिदै आएका अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिकोको सिमामा पर्खाल लगाउने घोषणा गरेका थिए ।

विपक्षी दलसंगको सहमतिपछि राष्ट्रपति ट्रम्पको सिमा पर्खालको सपना पुरा हुने विश्लेषण गरिएको छ । सिमामा पर्खाल लगाउने विषय विवादमा रहिरहेको समयमा सिमा सुरक्षाका लागि भन्दै अमेरिकाले मेक्सिकोको सिमामा सुरक्षाकर्मिको संख्यामा उल्लेख्य वृद्धि गरिसकेको छ । सिमामा पर्खाल लगाई आप्रवासीको अमेरिका प्रवेश रोक्न सके मानव तस्करी, आगुऔषधको समस्या लगाएतका विषयको समाधानमा विशेष भूमिका खेल्ने अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वास लिएका छन ।